Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी घटाउने दिशातर्फ काम नगरे वास्तविक शान्ति प्राप्त नहुने बताउनु भएको छ । गरिबी निवारण कोषको ३८ औं बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले विगतमा भएको द्वन्द्व गरिबीकै कारण भएको दावी गर्नुभयो ।
‘द्वन्द्वको प्रमुख कारण गरिबी हो’, प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘गरिबीलाई सम्बोधन गर्न रोजगारीका कार्यक्रम ल्याउनुपर्छ ।’ गरिबी घटाउने दिशा तर्फ काम नगरे द्वन्द्वको दीर्घकालिन समाधान गर्न नसकिने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री भट्टराईले अहिले गाउँमा मात्र नभएर शहरमा पनि गरिबी बढ्दै गएको बताउनु भयो । अबका कार्यक्रम तयार गर्दा श्रमिक र गरिबीको अवस्थालाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
‘गरिबी निवारण भन्दा पनि उन्मुलनको दिशामा काम गर्नुपर्छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यसका लागि अहिलेको गरिबी निवारण कोषको संरचनामा परिवर्तन गर्नुपर्छ ।’ अहिलेको गरिबी निवारण कोषको संरचनामा परिवर्तन गरि गरिबी अन्त्यका लागि काम गर्ने संघ संस्था र निकायको समन्वय गर्ने हिसाबले कोषलाई अगाडी लैजानुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
गरिबी निवारण कोषले अहिले विभिन्न ४० जिल्लामा आफ्ना कार्यक्रम सञ्चालन गरेको छ । अब १० जिल्ला थपेर ५० जिल्लामा कार्यक्रम सञ्चालनको तयारीमा कोष रहेको छ । गएको वर्ष कोषले ४ लाख ७० हजार २१ घरधुरीलाई प्रत्यक्ष फाईदा पुग्नेगरी कार्यक्रम सञ्चालन गरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया