Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
काठमाडौं- पार्टीभित्रको आन्तरिक कार्यदिशाको विवादमाराज्यपुनर्संरचनाको विवाद पनि जोडिएपछि माओवादी केन्द्रीय कमिटी बैठक अन्यौलमा परेको छ ।
बिहानैदेखि राज्यपुनर्संरचनाका लागि विज्ञसमूहको कार्यदेश तोक्ने छलफलमा व्यस्त रहनेभएपछि बिहीबार बस्ने भनिएको एकीकृत माओवादी केन्द्रीय समितिको बैठक अन्यौलमा परेको छ ।
बैठक नबस्ने बारेमा भने केन्द्रीय सदस्यहरुलाई कुनै खबर गरिएको छैन । राज्यपुनर्संरचनाको विषयमा रहेका विवाद समाधानको लागि गठन गर्ने विज्ञ समूहको क्षेत्राधिकारका बारेमा दिनभर छल हुने भएका कारण माआवादीको केन्द्रीय समितिको बैठक बस्ने वा नबस्ने कुनै टुंगो नभएको एक माओवादी नेताले जानकारी दिए ।
पार्टी भित्रको विवाद समाधानको लागि पटकपटक बोलाइएको माओवादी केन्द्रीय समितिको बैठक स्थगित हुँदै आएको छ भने पार्टी नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै आएको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले थप तीनबुँदे विरोधपत्र केन्द्रीय कार्यालयमा दर्ता गराएको छ । यसअघि बैद्य पक्षले पार्टीमा १० बुँदे विरोध पत्र दर्ता गराएको थियो ।
तपाईको प्रतिक्रिया