आइतबार, आषाढ ०९, २०८१
Sunday, June 23, 2024
पाँचथर– पाँचथरको ओयाममा बुधबार राति भएको सवारी दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
ओयाम ३मा मे १ त १७ १२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट २ सय ५० फिट तल खस्दा सिन्धुपाल्चोक गुन्सा ३ का विजय बमजन, सोम बहादुर थिङ, र ओखलढुङगाका कान्छा लामाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 पाँचथर जोर पोखरीका चालक मिलन सिवाकोटी र गुन्सा ६ का कावन बमजन घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया