Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
काठमाडौं- गैरआवासीय नेपाली सङ्घले वैदेशिक रोजगारमा जाने व्यक्तिको समस्याबारे छलफल गर्न एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्‍यो ।
सो कार्यक्रममा सङ्घका उपाध्यक्ष रामेश्वर शाह श्रम विभागका महानिर्देशक पूर्णचन्द्र भट्ट तथा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष सोमलाल बाटाजुको पनि उपस्थिति थियो ।
छलफल कार्यक्रममा नेपाल सरकार, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, अध्यागमन विभाग, नेपाल वैदेशिक व्यवसायी रोजगार सङ्घ, वैदेशिक रोजगार सङ्घका साथै अन्य सरोकारवालासँगको भेटमा भएको विचारबारे पनि जानकारी दिइयो ।
सङ्घका उपाध्यक्ष शाहले आफ्नो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल सरकार र प्रमुख राजनीतिक दलहरूलाई पनि ज्ञापनपत्र बुझाएको जानकारी दिँदै सरकारले तत्काल लागु गर्ने चार बुँदे कार्य योजना घोषणा गरेको उल्लेख गर्नुभयो ।
सङ्घद्वारा प्रकाशित विज्ञप्तिमा पहिलो पटक वैदेशिक रोजगारीमा जाने व्यक्तिले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था तर्कसङ्गत भए पनि बिदामा नेपाल आएर फर्कन लागेका गैरआवासीय नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः श्रम स्वीकृति नलिएको कारण देखाउँदै उडान गर्न नदिइएकाले ठूलो अन्योल सृजना भएको, पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधान हरेक दृष्टिले अव्यवाहारिक भएको उल्लेख गर्दै श्रम स्वीकृतिको यो पटके व्यवस्था अविलम्ब खारेजीको माग गरिएको छ ।
साथै वैदेशिक रोजगारीमा जानेलाई श्रम विभागले श्रम परिचयपत्रको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारले यसअघि पटकपटक प्रतिबद्धता जनाएअनुरूप विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगभित्र एनआरएन डेस्कको स्थापना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
श्रम विभागका महानिर्देशक पूर्णचन्द्र भट्टले गैरआवासीय नेपालीले उठाएका मागप्रति सरकार सम्वेदनशील छ भन्नुभयो । कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष सोमलाल बाटाजुले पनि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समस्यामाथि प्रकाश पार्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया