Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024
इन्डोनेसिया- इन्डोनेसियाको पूर्वी भागमा चिकित्सकहरूले तीन वर्षीया बालिकाको खुट्टा तथा ढाडमा रहेका २८ वटा किला निकालेका छन् भने यसलाई केही अधिकारी तथा स्थानीय व्यक्तिले बोक्सीविद्याको काम भएको बताएका छन् ।
सुलावेसी द्वीपको माकासारमा चिकित्सकहरूले खिया लागेका र करिब चार इन्चका दुई दर्जनभन्दा बढी किला, सिरिन्जको भाँचिएको सियो, सिलाबरको टुक्रा यी बालिकाको खुट्टाबाट निकालिदिएका छन् । यसअघि उनीहरूले यी बालिकाको मेरुदण्ड नजिकै रहेको एक किला पनि निकालिदिएका थिए ।
उक्त बालिकाका शल्यचिकित्सक कामारुद्दिनले बुधबार यी बालिकाको अवस्था समान्य हुनथालेको र उनी हाल खेल्न थालेको जानकारी दिनुभयो ।
सेप्टेम्बर महिनामा गरिएको एक एक्स-रे मा यी बालिको खुट्टामा यी बस्तु देखा परेका थिए र स्थानीय व्यक्तिहरूले यो उनको शरीरमा बोक्सीविद्याबाट प्रवेश गराइएको धारणा राखेका थिए ।
यसबीच दक्षिणी सुलावेसी प्रान्तका गभर्नर सियारुल यासिन लिम्पोले अस्पतालको भ्रमण गरी आफूले यो कार्य बोक्सीले गरेको विश्वास गरेको बताउनुभयो । उहाँको भनाई ओकेजोन डट कममा राखिएको छ ।
चिकित्सकले यी बालिकाको शरीरमा देखिएको दागबाट यी किला छ महिनाको अवधिमा घुसाइएको देखिएको बताएका छन् ।
यी बालिकाका आमाबाबुले यी बालिकाले उक्त किला निकाल्न प्रयास गर्दा उक्त घाउ भएको बताए भने उनीहरूले उनको शरीरमा ती किला कसरी पस्यो भन्ने सम्बन्धमा आफूलाई थाहा नभएको पनि बताए ।
इन्डोनेसियामा कालोजादुमाथि व्यापक रूपमै विश्वास गरिन्छ भने सन् २००९ को राष्ट्रपति पदको निर्वाचनमा राष्ट्रपति सुसिलो बामबाङ युद्योयोनोले आफ्ना प्रतिपक्षीले आफूमाथि जादुको प्रभाव पार्न खोजेको आरोप लगाउनुभएको थियो ।
तपाईको प्रतिक्रिया