Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एमाले अध्यक्ष झलनाथ खनालले सर्वसाधारणको हत्या अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरेका सभासद् बालकृष्ण ढुंगेललाई माफी दिने निर्णय आफु र माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा नभएको स्पष्ट पार्नुभएको छ ।
धनकुटामा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले ढुंगेल संलग्न हत्या प्रकरण अत्यन्त दर्दनाक, बर्बर र मानवता विरोधी कार्य भएकोले त्यसविरुद्ध आफुहरुले आवाज उठाएको बताउनु भयो ।
दण्डहिनताको चरम नमुना सावित भएको विषयमा आफूहरुको नाम जोडिएकोमा उहांले दुख व्यक्त गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले माधव नेपालको पालामा र प्रधानमन्त्री डा बाबुराम भट्टराईले झलनाथ खनाल सरकारको पालामा ढुंगेललाई माफी दिने निर्णय भएको दावी गर्दै आउनु भएको छ ।
तपाईको प्रतिक्रिया