Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नयाँदिल्ली- बलिउड स्टार एवं पूर्व विश्व सुन्दरीले बुधबार छोरी जन्माएकी छन् । बलिउडका ख्यातिप्राप्त दम्पत्ती ऐश्वर्या राय बच्चन र पति अभिनेता अभिषेक बच्चनले बुधबार पहिलो पुत्रीलाभ गरेका हुन् ।

भारतको आमसञ्चारले यस जन्मका विषयमा सामान्य जानकारी मात्र दिएका छन् भने उनीहरूले यी दम्पत्तीको निजी जीवनका विषयमा समाचार दिने विषयमा संयम अपनाएका छन् ।
३८ वर्षीया पूर्व मिस वर्ल्ड बच्चनले मुम्बैको सेभेन हिल्स अस्पतालमा उक्त बालिका शिशुलाई जन्म दिएको उक्त अस्पतालका कर्मचारीले एएफपीलाई बताए ।
उक्त जन्मको समाचार पुत्रीका पिता ३५ वर्षीय अभिषेकले आफ्नो टि्वटर एकाउन्टमार्फत दिएका हुन् । यसपछि उनको साइटमा बधाईको छाल नै देखिएको थियो । अभिषेकले आफ्ना शुभचिन्तकलाई धन्यवाद दिए ।
बलिउडका आख्यान अमिताभले नातिनीलाभको समाचारको सुख आफ्नो टि्वटरमार्फत दिएका हुन् ।  त्यसो त उनी आफ्नी छोरी स्वेता नन्दाका तर्फबाट पहिले नै हजुरबुबा बनेका थिए । स्वेताका दुई बालबालिका छन् ।
गत साता भारतका निजी क्षेत्रका आमसञ्चारले यस विषयमा समाचारहरू नदिने र यसलाई ब्रेकिङ समाचार पनि नबनाउने सहमति बनाएका थिए । यसबीच प्रसारक संस्थाहरूले आफ्ना गाडीहरू पनि बच्चनको घर तथा अस्पताल पुर्‍याएनन् ।
ऐश्वर्य रायले सन् १९९४ मा मिस वर्ल्डको ताज प्राप्त गर्नुभएको थियो भने उनले सन् ९० दशकको अन्त्यतिर बलिउडमा प्रवेश गरेपछि ४० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया