Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली सेनाले कब्जा गरेको भद्रकाली माइतीघर सडक सर्वसाधारणका लागि खुला गर्न निर्देशन दिए पनि अहिलेसम्म कार्यान्वयन भएन ।
उपत्यकाको ट्राफिक व्यवस्थापनबारे सिंहदरवारमा सरोकार निकायका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीले तत्काल उक्त सडक खुलाउन निर्देशन दिएका थिए । तर सुरक्षाको कारण देखाउँदै सेनाले निर्देशन मानेको छैन ।
प्रधानमन्त्रीले असोज २ गते दिएको निर्देशन लगत्तै प्रधासेनापति छत्रमानसिंह गुरुङ अमेरिका गएका थिए । लगत्तै उनी चीन भ्रमणमा निस्किएर फर्किएका छन् । २०५९ सालमा तत्कालीन विद्रोही माओवादीले सेनाको ब्यारेकमा आक्रमण गरे लगत्तै देशमा संकटकाल घोषणं गरिएपछि सुरक्षं संवैदनशीलताका कारण देखाउँदै सेनाले सो सडक कब्जामा लिएको थियो । त्यसपछि उक्त सडक सर्वसाधारणका लागि बन्द भएको छ ।
ट्राफिक प्रहरी, यातायात व्यवस्था मन्त्रालय, सडक विभाग, काठमाडौं महानगरपालिका, विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय विकास मन्त्रालय, भौतिक योजना मन्त्रालय, सडक विभाग, गृह मन्त्रालयका पदाधिकारी सहभागी रहेको वैठकमा उपत्यका ट्राफिक प्रहरीका डिआइजी गणेश राईले सेनाले कब्जा गरेको झण्डै पाँच मिटर लम्बाइको भद्रकाली–माइतीघर सडकबारे उठान गरेका थिए ।
भद्रकाली–माइतीघर सडक सर्वसाधारणका लागि खोलिए यस क्षेत्रको ट्राफिक व्यवस्था गर्न सहज हुने थियो, वैठकमा सहभागी एक सदस्यले डिआइजी राईको भनाई उद्धत गर्दै भनेका थिए । राईको भनाई सकिने वित्तिकै प्रधानमन्त्रीले उक्त सडक सार्वजनिक हो–होइन भनी जानकारी मागेका थिए । उक्त सडक सार्वजनिक भएको बताउँदै सडक दोहोरो रुपमा खोलेमा भद्रकाली, पुतलीसडक, सिंहदरवार र माइतीघरमा हुने हालको ट्राफिक चापमा ३० प्रतिशत घट्ने जानकारी गराएका थिए ।
त्यसपछि प्रधानमन्त्रीले मुख्य सचिव माधव घिमिरेलाई तत्काल उक्त सडक सर्वसाधारणका लागि खुलाउन प्रयास थाल्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीले निर्देशन दिए पनि यति दिनसम्म खोलि सक्ने समयसिमा भने तोकेका थिएनन् । भद्रकाली माइतीघर सडक दुईतर्फी खोले सिंहदरवार, माइतीघर पुतलीसडक, थापाथली क्षेत्रको सवारी चाप धेरै कम हुन्छ, ट्राफिक प्रवक्ता जगतमान श्रेष्ठको भनाई छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया