Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025
भक्तपुर- नेकपा (एमाले) का नेता केपी शर्मा ओली र ओखलढुङ्गाका मृतक उज्जनकुमार श्रेष्ठकी दिदी सावित्रासहितको परिवारबीच मंगलबार राति ओली निवास बालकोटमा भेटघाट भएको छ।
ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजायँ पाएका सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिने सरकारी सिफारिस खारेज गराउनका लागि दबाब दिन सो परिवारले सहयोग माग गरेको छ।
श्रेष्ठले भनिन्- “सरकारको निर्णयले मुलुकमा कानुनी राज्य नभएको प्रस्ट पारेको छ, मेरो भाइ द्वन्द्वका कारण मारिएको होइन, परिवारसँगको व्यक्तिगत दुश्मनीका कारण हत्या गरिएको हो, न्यायपालिकाको निर्णय कार्यपालिकाले उल्लङ्घन गर्नु कानुन नहुनुसरह हो।”
ढुङ्गेललाई माफी दिइए आफ्नो भाइजस्तै भोलि धेरैका भाइ, छोरा मारिने र कुनै कारबाही नहुने भएकाले मुलुकमा कानुनी राज्य स्थापनाका लागि पनि अदालतको फैसला कार्यान्वयन हुनुपर्नेमा श्रेष्ठले जोड दिइन्।
सो अवसरमा नेता ओलीले एमाओवादीभित्र अझै युद्धको धङ्धङती रहेको टिप्पणी गर्दै ढुङ्गेल प्रकरण यसैको उपज भएको बताए। ढुङ्गेललाई माफी दिइए मुलुकमा नराम्रो नजिर बस्ने र कानुनी राज्य समाप्त हुने दाबी उनले गरे।
उनले भने- “सरकारले प्रतिपक्षमा रहेका दलसँग छलफल नै नगरी माफी दिन सिफारिस गरेर ठूलो गल्ती गरेको छ। यसलाई सरकारले तत्काल सच्याउनुपर्छ।”
सर्वोच्च अदालतले आगामी मङ्सिर ५ गते मुद्दाको सुनुवाइ गर्ने भएकाले त्यसअघि नै माफी दिने सिफारिस खारेज गरी राष्ट्रपतिसमक्ष बुझाइएको पत्र फिर्ता माग्न सरकारलाई आग्रह गरे।
सो प्रकरण राजनीतिक होइन, व्यक्तिगत हो, यसलाई कुनै पार्टीले राजनीतीकरण गर्न हुँदैन, अदालतको फैसलालाई कार्यान्वयन गर्नैपर्छ-उनले भने।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया