काठमाडौं– ‘नेताहरु संविधान निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको छ,’ माओवादी प्रवक्ता दीनानाथ शर्माले मंगलबारको केन्द्रीय समिति बैठकपछि यस्तो बताए पनि भित्रि रहस्य अर्कै रहेको खुलेको छ ।
समुद्रपारि डटकमलाई माओवादीका एक केन्द्रीय सदस्यले खुलासा गरे अनुसार बैठकमा उपाध्यक्ष मोहन वैद्यले गम्भीर धम्की दिएपछि बैठक स्थगित भएको हो । वैद्यले राज्यपुनर्संरचनाका लागि विज्ञ समिति गठन गर्न अन्तरिम संविधान संशोधन गर्न नदिने धम्की दिएपछि बैठक स्थगित भएको हो ।
बैठकमा वैद्यले विज्ञ समिति बनाउन संविधान संशोधनका लागि हुने मतदानमा ‘फ्लोर क्रस’ गर्ने धम्की दिएका छन् । ‘फ्लोर क्रस’ गर्ने नगर्ने विषयमा वैद्य समूहबीच बुधबार बिहान छलफल भएको छ ।
स्रोतका अनुसार सचिव सीपी गजुरेल र देव गुरुङ ‘फ्लोर क्रस’ गर्ने भनाइको विपक्षमा छन् भने महासचिव रामबहादुर थापा र नेता नेत्रविक्रम चन्द भने गर्नुपर्ने पक्षमा छन् ।
‘फ्लोर क्रस’ हुने कि नहुने त्यसका लागि दिउँसो बस्ने संसद् बैठकसम्म कुर्नैपर्ने भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, कार्तिक ३०, २०६८
प्रकाशित समय: १:५९:४६