शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023
काठमाडौं– माओवादी उपाध्यक्ष मोहन वैद्य ‘किरण’ र रामबहादुर थापा ‘बादल’लाई अन्तिमपटक सम्झाउँदा पनि नमाने कारबाही गर्ने संस्थापन पक्षधर नेताले चेतावनी दिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेता पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेलले केन्द्रीय समिति बैठकले अन्तिमपटक चेतावनी दिँदा पनि वक्तव्यवाजी गरे कारबाही गर्ने खुलासा गरे ।
‘यो वक्तव्यवाजी उचित छैन,’ गजुरेलले बुधबार बिहान समुद्रपारिसित भने, ‘केन्द्रीय समितिको यहि बैठकले उहाँहरुलाई त्यस्तो काम नगर्न निर्देशन दिन्छ, पालना नभए कारबाही हुन्छ ।’
उनले पार्टीभित्र अराजकता हुन दिने कि अनुशासनमा रहने दुई विकल्प रहेको बताउँदै अराजकता रहे त्यो पार्टी नभएर भाँड समूह रहने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया