Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- चिनियाँ प्रधानमन्त्री वेन जियावाओले आगामी पुस ५ देखि ७ गते सम्म नेपालको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारमा पत्रकारलाई चिनीयाँ समकक्षीले पुष ५ देखि ७ गतेसम्म नेपाल भ्रमण गर्ने जानकारी दिनुभएको हो ।  त्यस्तै भारतका प्रधानमन्त्री पनि छिटै आउने प्रधानमन्त्रीले बताउनुभयो ।
‘नेपालको शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउनका लागि अन्तरराष्ट्रिय रुपमा पनि हामी सन्तुलित ब्यवहार गर्नुपर्ने हुन्छ’ प्रधानमन्धी भट्टराईले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणलाई अन्तराष्ट्रिय शक्ति सन्तुलनको रुपमासमेत प्रष्ट्याउन खोजेका थिए ।
चिनियाँ प्रधानमन्त्रीको भ्रमण सम्बन्धी प्रकृयाहरु मिलाउनकै लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नोभेम्बर २५ देखि चीन भ्रमण गर्दैछन् ।
दश वर्षपछि चीनको उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।
तपाईको प्रतिक्रिया