Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सुनसरी हेल्लो सरकार कार्यक्रमको प्रभावले विगत ६ महिनादेखि बन्द रहेको सुनसरीको राजगन्ज सिनवारी गाविस– ९ स्थित एक विद्यालय मंगलवारबाट खुलेको छ ।
राजगन्ज सिनुवारी ९ स्थित रहेको फोचोदास निमावि प्रधानमन्त्रीको हेल्लो सरकार कार्यक्रमको दवावले पुनः सञ्चालनमा आएको छ । शिक्षक नियुक्तिको विषयलाई लिएर बन्द भएको विद्यालय गैरसरकारी संस्था, संचारकर्मी र शिक्षा कार्यालयको सकृयतामा मंलवारबाट सहमति भएपछि पुनः सञ्चालनमा आएको स्थानिय रामखेलन मेहताले जानकारी दिनुभयो ।
विद्यालयका तत्कालिन प्रधानाध्यापक सुरेन्द्रकुमार कर्ण र पिसिएफ कोटामा  नियुक्ति भएका ललित मेहतालाई जिल्ला शिक्षा कार्यालयमा हाजिरी गर्ने गरी  छलफल गरेर विद्यालयको नियमित पठन पाठन सुरु गरेको जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले जानकारी दिनुभयो ।
विद्यालयको ताला खुलेकोमा स्थानिय अभिभावक र विद्यार्थीहरु उत्साहित भएका छन् । विद्यालय बन्द भएको सूचना हेल्लो सरकार कार्यक्रम मार्फत प्रधानमन्त्री समक्ष पुगेकाले विद्यालय सञ्चालनमा आएको एड्भोकेसी फोरम सुनसरीले जनाएको छ ।
सिक्सा र एडभोकेसी फोरम तथा सञ्चारकर्मीहरुले लामो प्रयास गरे पछि अन्ततः विद्यालय  खुलेको सिक्साका रमेश भट्टराईले जानकारी दिनुभयो  । उक्त विद्यालय बन्द खुलाउनका लागि सञ्चारकर्मी उमेश मेहताले हेल्लो सरकार कार्यक्रममा फोन गरेर जानकारी गराउनु भएको थियो । विद्यालयमा ७ शिक्षक र ३ सय विद्यार्थी छन् । ***
तपाईको प्रतिक्रिया