Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
विराटनगर गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई मोरङ व्यापार संघले मंगलबार विराटनगरमा नागरिक अभिनन्दन गरेको छ । सम्मान ग्रहण गर्नका लागि राष्ट्रपति डा. रामवरण यादव  मध्यान्ह १२ बजे  विराटनगर  आउनुभएको थियो ।
सेनाको हेलीकप्टरवाट खोटाङको हलेसी महादेवको दर्शन गर्दै राष्ट्रपति यादव विराटनगर आइपुग्नुभएको  हो । विराटनगर विमानस्थलबाट सिधै राष्ट्रपति यादव मिल्स एरियास्थित विराटनगर आँखा अस्पतालको नवनिर्मित भवन उदघाटन कार्यक्रममा सरिक हुनुभयो  ।
अस्पताल भवनको उदघाटन गर्दै उहाँले स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पुर्‍याउन राजनीतिक दल, समाजसेवी, नगारिक समाज र स्वास्थ्यकर्मीहरुले एक भएर लाग्नुपर्ने बताउनुभयो  । विराटनगर आँखा अस्पतालले यस क्षेत्रका जनताको मात्र नभएर बन्द आँखालाई उज्यालो ज्योती प्रदान गर्ने सेवालाई उत्तरी भारतका नागरिकको समेत सेवा  गर्न सकोस् भन्ने आशा व्यक्त गर्नुभयो ।
अस्पताल भवनको उदघाटनपछि राष्ट्रपति यादवले विराटनगर १८ जतुवा स्थित श्रीकृष्ण गौ सदनको अवलोकन गर्नुभएको थियो । गौ सदनको अवलोकनसंगै उहांले गौ सदनबाट उत्पादन हुने गोबरलाई मल बनाउने बर्कमि जैवीक मल उत्पादन  केन्द्रको समेत निरिक्षण गर्नुभएको थियो ।
त्यसपछि उहाँले विराटनगर १८ जतुवामै रहेको रामजानकी मन्दिरको पूजाअर्चना पछि त्यहाँ आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति डा. रामवण यादवले स्थानीयबासीलाई सम्बोधन गदै मुलुक गणतन्त्रमा आइसकेकोले सबै धर्मको सम्मान गर्न सिक्नुपर्ने बताउनु भयो ।
सबैले एक भएर हिड्न सकेमात्र मुलुकमा शान्ति स्थापना भई देश विकासको पथमा अगाडि बढ्ने उहाले  बताउनुभयो । राष्ट्रपति यादवले शिक्षालाई सर्वोपरि ठानी बालबालिका लाई विद्यालय पठाउनुपर्ने बताउँदै युवाहरुलाई कुलतमा फस्न दिनु नहुने र दूषित खानेकुरा प्रयोग नगर्न आग्रह गर्नुभयो ।
त्यसपछि राष्ट्रपति यादव मोरङ व्यापार संघले गर्न लागेको नागरिक सम्मानमा  सहभागि हुन विरेन्द्र सभा गृहमा पुग्नु भएको छ ।  राष्ट्रपति  यादवको विराटनगर भ्रमणलाई शान्त र सुव्यवस्थित बनाउन नेपाली सेना,  जनपद र सशस्त्र प्रहरीका करिव ८ सय जना अधिकृत तथा जवानहरु परिचालन गरिएको मोरङका प्रहरी उपरिक्षक प्रद्युम्न कार्कीले जानकारी दिनुभयो । ***
तपाईको प्रतिक्रिया