Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार अस्थिर हुने अवस्था आएपछि ठूलो मन्त्रिपरिषद् बनाउन बाध्य भएको बताएका छन् ।
सरकारी निवास बालुवाटारमा मंगलबार विहान माओवादी बिटमा गर्ने सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफ्नो बाध्यता बुझिदिन आग्रहसमेत गरे ।
‘यो बाध्यात्मक परिस्थितिको उपज हो,’ ४९ सदस्यीय मन्त्रिपरिषद बनाएपछि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री भट्टराईले भने, ‘कांग्रेस र एमाले सरकारमा नआउने अनि आफ्नै भित्रबाट सरकार गिराउने कुरा आएपछि शान्ति र संविधानको लक्ष्य पूरा गर्न बाध्य भएर गठबन्धनको चाहना पूरा गर्नुपर्‍यो ।’
सरकार बनेको दुई दिनमै सत्ता सहयात्री संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राज्यमन्त्रीको नाम दिएकोमा आफूले दुई महिनासम्म रोके पनि सरकार अस्थिर हुने अवस्था आएपछि सिफारिस कार्यान्वयन गरेको भट्टराईको भनाइ थियो ।
मन्त्रिपरिषद विस्तार आफ्नो चाहना नभएको जिकिर गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् ठूलो बनाएर आफ्नो व्यक्तिगत छवि बलिदान गरेको दाबी गरे ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र एमालेका नेताहरुले मंसिर १४ पछि भट्टराई सरकार नरहने बताए पनि प्रधानमन्त्रीले त्यसको खण्डन गरे । ‘शान्ति र संविधान पूरा नहुँदासम्म वर्तमान सरकार कायमै रहन्छ र शान्ति प्रक्रियामा महत्वपूर्ण काम भएर मंसिर १४ को सेरोफेरोमा मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ,’ उनको भनाइ थियो ।
माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला सभासद् बालकृष्ण ढुंगेललाई आममाफी दिने विषयमा कुराकानी भएको र झलनाथ खनाल नेतृत्वको सरकारका पालामा माफीका लागि फाइल अघि बढेर आफ्नो सरकारले निर्णय गरेको प्रधानमन्त्रीले बताए । उनले एमालेले नै विरोध गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे । ‘जसको पालामा फाइल अघि बढ्यो अहिले उसैले विरोध गरिरहेको छ । यो ईमान्दारिता भएन्,’ उनले भने । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया