Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025
काठमाडौं एकीकृत नेकपा माओवादीका मोहन वैद्य र महासचिव रामबहादुर थापा ‘बादल’ले सेना समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन माओवादी लडाकूलाई अपील गरेका छन् ।
मंगलबार संयुक्त वक्तव्य निकालेर वैद्य र बादलले सेना समायोजन सम्बन्धी सम्झौता आत्मसमर्पणवादी भन्दै समायोजनमा नजान लडाकूलाई अपील गर्नुभएको हो । सेना समायोजन सम्बन्धी सम्झौताले जनसेनाका लागि अपमानजनक र शान्ति विरोध भएको वक्तव्यमा उल्लेख छ ।
तर वैद्य र बादलले निकालेको वक्तव्यमा आफू निकट लडाकू वर्गीकरणमा सहभागी हुने नहुने भन्ने केही उल्लेख छैन् । यसैबीच वैद्य पक्षका माओवादी सचिव सीपी गजुरेलले सम्पूर्ण प्रक्रियाबाट अलग नभई समायोजनमा जानेका लागि भर्ति गर्न खोजिएकोले समायोजनमा नजान भनिएको स्पष्ट पार्नुभएको छ ।
विज्ञप्ति जस्ताको तस्तै
प्रेसवक्तव्य
    २०६८ कर्तिक १५ गते गरिएको सात बुँदे सहमति पार्टीको निर्णय तथा जनताको भावना विपरित हुन गएको विषयबारे हामीले कार्तिक १६ गते सम्पन्न पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गरेको कुरा सर्वविदितै छ । विशेषतः सेना समायोजन संबन्धी सम्ताझौत सारतः जनमुक्ति सेनाको निम्ति अत्यन्तै अपमानजनक र शान्तिविरोधी समेत भएकोले हामी स्वाभिमानी जनमुक्ति सेनाका कमाण्डर सहित सम्पूर्ण योद्धाहरुलाई यस प्रकारको आत्मसमपर्णवादी प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन हार्दिक अपिल गर्दछौं ।
मितिः २९ कार्तिक २०६८
……………………….                                         ……………………….
रामबहादुर थापा (बादल)                                    मोहन वैद्य (किरण)
   महासचिव                                                       उपाध्यक्ष
एनेकपा(माओवादी)                                            एनेकपा(माओवादी)

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया