Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025
विराटनगर– राष्ट्रपति डा. रामवरण यादव मंगलबार विहान विराटनगर आएका छन् । मोरङ व्यापार संघले गर्न लागेको पूर्बाञ्चलस्तरीय नागरिक सम्मान कार्यक्रममा सहभागि हुन राष्ट्रपति डा.यादव पहिलो पटक विराटनगर आएका हुन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट विहान विराटनगर आएका राष्ट्रपति डा. यादवले रानीमा निर्माण गरिएको अत्याधुनिक आँखा अस्पतालको उदघाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति बिराटनगर आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको मोरङका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए ।
उनका अनुसार तीन वटै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरि ८ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै सुरक्षाकर्मीलाई अहिले परिचालन गरिसकिएको उनले बताए ।
यस्तै राष्ट्रपति डा. यादवको आगमनका समयमा बिराटनगरको कंचनबारीदेखि बस पार्क सम्म ग¥हौं सवारी साधन सञ्चालनमा मोरङ ट्राफिकले रोक लगाएको छ । त्यस समयमा ट्राफिक प्रहरीले गह्रौं सवारी साधनलाई कन्चनबारी, मेनरोड हुँदै बसपार्क सम्मको बाटो मिलाएको छ ।
यसका लागि १० मिनेटको मात्र समय हुने ट्राफिक प्रहरी प्रमुख अबधेश बिष्टले जानकारी दिए । राष्ट्रपतिको स्वागतका लागि विराटनगर क्षेत्रमा दुई दर्जन भन्दा बढी स्वागतद्वारहरु समेत निर्माण गरिएको छ ।
राष्ट्रपति यादवलाई व्यापार संघ मोरङले दिउँसो १ बजे वीरेन्द्र सभागृहमा नागरिक सम्मान गर्ने जनाएको छ । नागरिक अभिनन्दनको सम्पूर्ण तयारी पूरा भएको मोरङ ब्यापार संघका अध्यक्ष अभिनास बोहोराले जानकारी दिए । मौसम ठिक रहेमा राष्ट्रपति यादव मंगलबारको रात धनकुटामा बुधबार बिहान खोटाङ हलेसीको दर्शन गरी राजधानी फर्कने कार्यक्रम छ ।
बुधबार राजधानीमा हुने नेपाल बैंक लिमिटेडको हिरक जयन्तीको उनले प्रमुख आतिथ्यता गर्ने कार्यक्रम छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया