Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024
चलचित्रको पर्दामा देखिने अधिकांश सेलिब्रेटीहरु आफ्नो प्रेमी वा प्रेमिका भए नभएकोबारे खुलेर बताउन चाहँदैनन् । तर नेपाली चलचित्रकी एक नायिकाले भने आफ्नो प्रेमी रहेको र ऊ सँग आफ्नो  ‘डिप लभ’ परिरहेको बताएकी छिन्  । यसरी गहिरो प्रेममा फसेकी नायिका हुन्, टेलिचलचित्रमा निकै सोझी पात्रको भुमिकामा देखिने नायिका सौजन्य सुब्बा । उनले भनेकी छिन् – ‘मेरो प्रेमी छ र ऊ सँग मेरो अहिले गहिरो माया पनि बसेको छ ।’ तर उनको गुनासो पनि छ । ‘मलाई उसले कहिल्यै डेटिङ मा नै लैजाँदैन, शायद व्यस्त भएर होला ।’ यसो भनिरहँदा उनले हाँसो थाम्न सकिनन् । उनलाई हाम्रो अर्को प्रश्न थियो, ‘अनि पहिलो चुम्बन नि । ’चुम्बनको कुरा आएपछि अलिकति उत्तेजित भएकी यी नायिकाले भनिन् – ‘पहिलो चुम्बन त कहिले गरियो, त्यो त कहाँ याद हुन्छ र भन्या ।’ अनि अहिलेको प्रेमीसँगको चुम्वन नि ? ‘ऊसँगको चुम्बन पहिलो पटक त कहिले भयो यो कसरी याद आउँछ र । तर, अन्तिम किसको कुरा सोध्नु हुन्छ भने, लास्ट किस लास्ट नाइटमा मात्र  ।’ यसको अर्थ थियो, उनले आफ्नो प्रेमीसँग गएराती मात्र चुम्बन साटासाट गरेकी थिइन् । यति भनेर सौजन्य केही सजग भइन् र कुरा फेरिन् । ‘मैले जोक्स मात्र गरेको है ।’
तपाईको प्रतिक्रिया