Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024
सिनेमाको रंगीन दुनियाँमा प्रवेश गरी नमा अनि दाम कमाउने उद्येश्य बोकेर नयाँ प्रतिभाहरु आउने क्रम यतिबेर निकै बढेका छन् । चलचित्रहरुको संख्यात्मक वृद्धिसँगै नयाँ प्रतिभा आउने क्रममा सुष्मा अधिकारी पनि अब नयाँ चलचित्र मार्फत सिनेमा क्षेत्रमा आउने तयारीमा छिन ।
धनगढीकी सुष्मा यतिबेला काठमाडौंमा संघर्षरत छिन् । अहिले सुष्माले करिव आधा दर्जन म्युजिक भिडोयोमा आफुलाई प्रस्तुत गरिसकेकी छिने भने टेलिविज्ञापनमा पनि उनले राम्र स्थान पाइरहेकी छिन् । ‘यो त मैले अनुभवको लागि काम गरेकी हुँ, मेरो जीवनको उद्येश्य त नायिका नै बन्नु हो, उनले भनिन् ।
सुष्माले यसबिचमा आफुलाई केही सिनेमाहरुबाट अफर आएको पनि बताइन् । सिनेमाको नायिका बनेपनि सुष्मा मोडलिङ क्षेत्रलाई नत्याग्ने बताउँछिन । ‘मलाई लाग्छ मोडलिङ र सिनेमा एउटै क्षेत्र हो, त्यसैले यी दुवै क्षेत्रलाई अगाडि बढाउन सकियो भने मेरो भविष्य राम्रो होला’, उनले भनिन् ।
यसैबिच सुष्माले निर्देशक शोभित बस्नेतको नयाँ चलचित्रमा काम गर्ने अवसर मिलेको पनि बताइन् । उनका अनुसार चाँडै छायांकन गरिने यो चलचित्रमा उनी रामै्र भुमिकामा देखा पर्ने छिन् । ‘यो चलचित्र राम्रो काम गर्न पाए भने अन्य सिनेमाहरुबाट पनि अफर आउने मैले विश्वास लिएको छु’ सुष्माले भनिन् ।
तपाईको प्रतिक्रिया