
‘सात बुँदे सहमति माओवादीले कार्यान्वयन गरे मात्र मुलकले शान्ति र संविधान पाउँछ’, देउवाले भन्नुभयो, ‘तर माओवादी गम्भिर नहुँदा यो सम्भावना सकिँदै गएको छ ।’ दलहरुबीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्न माओवादी गम्भीर भए मात्र निर्धारित समय भित्र मुलकले शान्ति र संविधान पाउने दावी गर्नुभयो ।
दलहरुबीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्न माओवादी गम्भीर नभएको देउवाको आरोप थियो । मन्त्रिमण्डल विस्तार अनावश्यक भएको भन्दै नेता देउवाले राष्ट्रिय सहमतीय सरकारको नेतृत्व लिन आफू तयार रहेको बताउनुभयो ।
आफ्नो राजिनामाको समाधान नखोजी सभापति सुशील कोईरालाले राजिनामा अस्वीकृत गरेको भन्दै देउवाले आक्रोश व्यक्त गर्नुभयो ।