मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024
काठमाडौं– संवैधानिक समितिको विवाद समाधान उपसमितिले राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे सुझाव लिन बनाएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । उपसमितीको सोमबार बिहान बसेको बैठकमा कार्यदलका संयोजक रहेका सभाषद लक्ष्मणलाल कर्णले सुझाव सहितको अध्ययन प्रतिवेदन बुझाउनु भएको हो ।
संसदीय शासन प्रणाली, प्रधानमन्त्रीय प्रणाली, राष्ट्रपतीय प्रणाली र मिश्रित शासन प्रणालीको सबल र दुर्वल पक्ष सहित विश्वमा तिनको प्रयोग बारेको अध्ययन प्रस्तुत गरिएको कार्यदलका संयोजक कर्णले बताउनुभयो । उहाँले आफुहरुले अध्ययन गरेर सुझाब मात्र दिएको जानकारी दिंदै अन्तिम निर्णय गर्ने जिम्मा शीर्ष नेताहरुकै भएको बताउनुभयो ।
उपसमितीका संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलले दिएको सुझाव र अध्ययन प्रतिवेदनको आधारमा शासकीय स्वरुपको बारेमा निर्णयमा पुगिने बताउनुभयो । उहाँले त्यसको लागि छलफल गर्न उपसमितीको बैठक मसिर १ गते बस्ने जानकारी दिनुभयो ।
बैठकपछि काँग्रेस उपसभापति रामचन्द्र पौडेलले शासकीय स्वरुपबारे अहिलेसम्म कुनैपनि सहमति नभएको र आफ्नो पार्टी संसदीय प्रणालीकै पक्षमा दृढ रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया