Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १३ नोभेम्वर २०११ मा अध्यक्ष जीवा लामिछानेको अध्यक्षतामा बसेको ३१ औं बैठक सम्पन्न गर्दै विभिन्न निर्णयहरु गरेको छ । संघ प्रवक्ता डा हेम राज शर्माद्वारा जारि प्रेस वक्तव्य अनुसार संरक्षक परिषद सदस्यमा प्रो डा सुर्य सुवेदीलाई मनोनय गर्नुको साथै सल्लाहकारहरु, सदस्यहरु र विभिन्न समितिको गठन समेत गरेको छ ।

एनआरएन आईसीसीद्वारा जारी प्रेस वक्तव्यको पूर्ण पाठ:

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA ICC) को ३१औं बैठक संघका अध्यक्ष जीवा लामिछानेको अध्यक्षतामा १३ नोभेम्वर २०११ मा सम्पन्न भयो । साईवर कन्फरेन्सको माध्यमबाट सम्पन्न भएको उक्त बैठकमा निम्नानुसार संघको संरक्षक, सल्लाहकारहरु, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरुको मनोनयन, विभिन्न समितिहरुको गठन, सातौं गैरआवासीय नेपाली क्षेत्रिय सम्मेलनको आयोजना लगायतका बिषयहरुमा निर्णय गरेको जानकारीका लागि यो सूचित गरिन्छ ।

१) संरक्षक परिषद सदस्यमा प्रो. डा. सूर्य सुवेदीलाई मनोनय गरियो ।

२) सातौं गैरआवासीय नेपाली क्षेत्रिय सम्मेलन २०१२ सालमा अष्ट्रेलियामा आयोजना गर्ने । यस सम्मेलनको संयोजन ओसियाना क्षेत्रिय संयोजक मन खत्रीले गर्ने।

३) गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सल्लाहकरहरु, सदस्यहरु र विभिन्न समितिको गठन यस प्रकार छ ।

 

सल्लाहकारहरु:

डा कुलचन्द्र गौतम (नेपाल)

विश्वकान्त मैनाली (नेपाल)

डा जुगल भुर्तेल (नेपाल)

डा द्रोण रसाईली (क्यानाडा)

प्रितम श्रेष्ठ (हङकङ)

दिल बहादुर गुरुङ (जर्मनी)

देवकाजी ढंगोल (कतार)

दिपक खड्का (अष्ट्रेलिया)

 

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरु:

सपिला राजभण्डारी (रसिया)

रबिन्द्रमान श्रेष्ठ (बेल्जियम)

सोम सापकोटा (डेनमार्क)

डा राजु अधिकारी (अष्ट्रेलिया)

गोवा कटुवाल (अष्ट्रेलिया)

बाँकि १० सदस्यहरु सम्वन्धित क्षेत्रको क्षेत्रिय संयोजक, उपसंयोजक, राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरुसँग परामर्श गरी अध्यक्षबाट नोभेम्वर २५ सम्म मनोनयन गरिनेछ ।

 

कार्यदलहरु:

· दोहोरो नागरिकता (Dualcitizenship): Ram Thapa (Chair), Hitman Gurung (Co-chair)

· Promotion of NRNs in International Organization: Bhim Udas (Chair)

· लगानी प्रवर्धन तथा समाज कल्याण (Promotion of Investment in Nepal and Charity): Jiba Nath Lamichhane (Chair)

· NRNA Registration, NRN Laws & Mutual Investment: Rameshwar Shah (Chair)

· Promotion of Nepal Abroad & Institutionalization, Administration: Tenzi Sherpa (Chair)

· वैदेशिक रोजगार (Foreign Employment): Mr. Tek Bahadur Karki (Chair)

· Sustainability and NRN Building: Bhaban Bhatta (Chair)

· Media and Communication: Dr. Hem Raj Sharma (Chair)

· Promotion of Nepal Products Abroad: Dr. Badri KC (Chair)

· Skill Knowledge and Innovation Transfer: Dr. Raju Adhikari (Chair)

 

प्रोजेक्ट च्याम्पियनहरु:

· नेपाल लाईब्रेरी परियोजना (Nepal Library Project): नरेश कोईराला

· खुला विश्वविधालय नेपाल (Open University Nepal): डा प्रमोद ढकाल

· नेपालको शिक्षा क्षेत्रमा विकास (Education Development in Nepal): होम राज आचार्य

· वैदेशिक रोजगार सूचना केन्द्र: धरम केसी

 

अन्य समितिहरु:

· अनुशाशन समिति: राम प्रताप थापा (संयोजक), ईन्द्रा वन (सदस्य)

· विधान संशोधन सुझाव तथा नियमावली निर्माण समिति: डा हेम राज शर्मा (संयोजक)

 

कार्यदल र समितिका संयोजकले राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरुसँग परामर्शगरी एक महिनाभित्र समितिलाई पूर्णता दिनेछन्।

 

धन्यवाद !

 

डा.  हेम राज शर्मा
प्रवक्ता
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद

तपाईको प्रतिक्रिया