बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024
काठमाडौं- व्यक्तिहत्यामा अपराधी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय पाएका सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन सरकारले सिफारिस गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले पहिलोपटक राष्ट्रपति रामवरण यादवसँग भेट गरेका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा सोमबार बिहान झण्डै पौने घण्टा भट्टराईले राष्ट्रपतिसँग भेट गरेका छन् । भेटमा ढुंगेल प्रकरणबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीले भेटमा आफ्नो सार्क भ्रमण, शान्ति  प्रक्रिया र संविधान निर्माणमा भएका प्रगतिबारे जानकारी दिए ।
तपाईको प्रतिक्रिया