शुक्रबार, आषाढ ०७, २०८१
Friday, June 21, 2024
जनकपुर– नौ दिन अघि अज्ञात समूहद्वारा अपहरित सर्लाहीको शंकरपुर गाविस— ७ का २८ बर्षीय विजय रायको आइतबार हत्या भएको छ ।
हत्या गरेर सिमावर्ती त्रिभुवननगर गाविसको दसगजा नजिक फ्यालिएको अवस्थामा आइतवार अपरान्ह्र प्रहरीले शव फेला पारेको हो । मोटरसाइकलमा घर जाँदै गर्दा औरही गाविसको ढ्यांग्रा खोला नजिकै १९ गते राति ५/६ जनाको समूहले उनको अपहरण गरेको थियो । ढाडमा एक गोली हानिएको र घाँटी थिचिएको अवस्थामा फेला परेको रायको शव उनको परिवारले सनाखत गरेको प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए ।
प्रहरीका अनुसार भारततर्फ हत्या गरेर शव नेपाल तर्फ दशगजा भन्दा करिब
१० फिट यता फ्यालिएको हो । शवसँगै अपहरणकारीले हत्या गर्नुको कारण
खुलाएर पत्र समेत छाडेका छन् । अपह्रिरतले प्रशासनको सहयोग लिएकोले हत्या गरिएको पत्रमा उल्लेख भएको जोशीले बताए ।
तपाईको प्रतिक्रिया