Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- जव संवैधानिक समितिमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदार उपस्थित हुन्छन्, केही न केही ठट्यौली कुरा गर्दा उनी विवादमा पर्ने गरेका छन् ।
यसअघिको बैठकमा भूकम्प अमेरिका, यूरोपतिरै जाओस् भनेका थिए । जबकी प्रधानमन्त्री डा. बाबुराम भट्टराई अमेरिकामा नै थिए ।
आफ्नै प्रधानमन्त्री अमेरिकामा भएकाबेला अमेरिकामा भूकम्प जाओस् भनेकामा विरोध खेपेका गच्छदारले संसदको राज्य व्यवस्था समितिको बैठकमा सभासदहरुलाई भाइ भनेर सम्वोधन गरे ।
संसद र समितिका बैठकहरुमा सभासदलाई माननीय भनेर सम्वोधन गर्ने परम्परा छ । दाइभाइ भनेर सम्वोधन गर्नु संसदमा अपमान मानिन्छ ।
उपप्रधानमन्त्रीले भाइ भनेपछि आफूहरुको अपमान भएको भन्दै सभासदहरुले नियमआपत्ति गरे । त्यसपछि गच्छदारले आफ्नो भनाई फिर्ता दिए ।
नेपाली कांग्रेस परित्याग गरि मधेसी जनअधिकार फोरम हुँदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी गठन गरेका गच्छदारले समितिका सदस्य तथा कांग्रेसका जगदीश्वर नरसिंह केसीलाई भाइ भनेर सम्वोधन गरेका थिए ,
कांग्रेसमा रहँदा केसीलाई भाइ भन्ने गरेका गच्छदारले आफू समितिको बैठकमा छु र पार्टी पनि परिवर्तन गरिसकेको छु भन्ने ख्याल नगर्दा भाइ भनेको भन्दै क्षमा मागे ।
तपाईको प्रतिक्रिया