Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ०४, २०८१
Friday, July 19, 2024
हङकङ-हङकङ ओरिजिनल तेक्वान्दो काउन्सिलको ओयोजनामा मंगलबारदेखि हङकङमा प्रथम एसिया तेक्वान्दो च्याम्पीयनसीप हुने भएको छ ।
प्रतियोगितामा नेपालको तर्फबाट ताईक्वान्दो आईटीएफ नेपालका खेलाडीद्धय उमेश लामा र घनश्याम आचार्य खत्रीले सहभागीता जनाउने आयोजकले जनाएको छ । उनीहरु सोमबार नै हङकङ आइसकेका छन् ।
खेलाडीद्वयलाई आईटीएफ नेपालका उपाध्यक्ष राजिव कँडेल, सचिव अमृत पन्त, प्रशिक्षक रामचन्द्र खड्का, प्रशिक्षक गयाजी खड्का, प्रशिक्षक प्रदिप थापा तथा अन्य पदाधिकारीहरुले एक समारोहका बिच बिदाई गरेका थिए ।
बिदाई कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा सचिवले बोल्दै खेलाडीद्वयलाई देश र संस्थाको उचाई माथी पुर्‍याउन र असल खेलाडी बन्नको लागी हौसला प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा रेप|mीको रुपमा ताईक्वान्दो आईटीएफ नेपालका अध्यक्ष, प्रमूख प्रशिक्षक तथा ए क्लास रेफ्री लक्ष्मण बस्नेत समेत कोरियाबाट हङकङ आइसकेका छन् ।
तपाईको प्रतिक्रिया