Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024
काठमाडौं- आइतबारदेखि बोलाइएको माओवादी केन्द्रीय समिति बैठक फेरि सरेको छ । १७ गते बस्ने भनिएको बैठक सुरु भएको केही समयपछि नै स्थगित गरी कात्तिक २७ गतेलाई सारिएको थियो। तर आज पनि केन्द्रीय समिति बैठक नबस्ने भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कन ढिला भएपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । लुम्बिनी विकासमा अन्र्तराष्ट्रिय सहयोग जुटाउन अमेरिका गएका दाहाल फेरि लण्डनतिर गएपछि बैठक स्थगित भएको हो ।
पछिल्लो समय गरेका केही सहमतिमा बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले कडा विरोध गरेपछि विवाद मिलाउन केन्द्रीय समिति बैठक बोलाइएको हो ।
१७ गतेको बैठकमा वैद्य-बादल पक्षले १० बुँदे विरोधपत्र पेश गरेपछि त्यसबारे गहन अध्ययन गर्ने भन्दै १० दिनपछि बैठक गर्ने निर्णय भएको थियो।
तपाईको प्रतिक्रिया