Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ–मुसो पस्यो । फ्लाई अवे किट हरायो । केही दिनमा दुइटा पाङ्ग्रै हराए । त्यसको एक साता नबित्दै नेपाल वायुसेवा निगमको अर्को महँगो सामान हराएको छ ।
आखिर के पसेको छ निगमभित्र ?
निगमको टि्वनअटर डीएचसी ६ का दुई मुख्य ल्यान्डिङ गियर मर्मत गराएर फर्काउने क्रममा भन्सारबाटै हराएका हुन् । ती गियर इङल्यान्डको एईएम कम्पनीमा मर्मतका लागि पठाइएका थिए । हराएका दुइटा गियरको मूल्य १ लाख अमेरिकी डलर (८० लाख रुपैयाँ) पर्छ ।
‘तिहारअघि नै कम्पनीले मर्मत गरी थाई एयरवेजबाट फिर्ता पठाएको थियो,’ निगम स्रोतले भन्यो, ‘पछि भन्सारमा लिन जाँदा सामान भेटिएन ।’ स्रोतका अनुसार आएको डेलिभरि अर्डरलगायत सम्पूर्ण कागजपत्र छन्, सामान छैन । निगमले छुटाउन भन्सारलाई तिर्नुपर्ने ३ लाख रुपैयाँ चेकमार्फत बुझाइसकेको छ ।
केही महिनाअघि बोइङ ७५७ मा राखिएको करिब ४ करोड रुपैयाँ पर्ने फ्लाई अवे किट हराएको थियो । फेरि ल्यान्डिङ गियर हराएकोबारे सञ्चालक समिति सदस्य अशोक पोखरेलले समितिमा कुनै जानकारी नआएको बताए । ‘वास्तविक के भएको हो, छानबिनपछि थाहा होला,’ उनले भने ।
कर्मचारीको मिलेमतो नभई बाहिरका मान्छेले निगमका सामान चोर्न नसक्ने समितिका अर्का सदस्य एवं पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रन्जनकृष्ण अर्यालले बताए । सम्भावित संलग्न कर्मचारीमाथि अनुसन्धान गरी दोषी पत्ता लगाएर कडा कारबाही गर्न पर्यटन सचिवलाई जानकारी गराइसकिएको उनले बताए ।
‘भलाद्मी पाराले सोधपुछ गरेर केही नहुने देखियो,’ उनले भने, ‘सीधै गृहसचिव र आईजीपीलाई भनेर सम्बद्ध सबैलाई थुनामा राखेपछि केही हुन्छ कि ?’ सम्पूर्ण उपकरण तथा सामानको सुरक्षाको जिम्मेवारी निगम इन्जिनियरिङ विभाग तथा सम्बद्ध पक्षको हुने गर्छ ।
तर मन्त्रालयले यसबारे विभागलाई बुझ्दा पैसा तिरे पनि सामान छुटाएको रेकर्ड नभेटिएको जानकारी गराएको उनले बताए । ‘सामान भन्सारमा कतै परेको हुन सक्ने विभागको भनाइ छ,’ उनले भने, ‘यस्तो हो भने भन्सारको गल्ती हो, तर सामान छुटाएपछि हराएको हो भने निगम कर्मचारीहरूकै मिल्ती हो ।’ हराएको कुरा लुकाउन सामान भन्सारबाट नछुटाइएको प्रस्टीकरण दिएको हुने आशंका पनि गरिएको छ । ‘भित्रै बदमासहरूको टोली भएपछि के गर्न सकिन्छ र ?,’ अर्यालले भने । शुक्रबार बाहिर आएको यो घटनाबारे आइतबार कार्यालय खुलेपछि थप जानकारी लिने तयारी मन्त्रालय र निगम व्यवस्थापनको छ । यस सम्बन्धमा इन्जिनियरिङ विभाग प्रमुख र व्यवस्थापनका प्रवक्ताले भने कुनै प्रतिक्रिया दिएनन् ।
कान्तिपुरबाट
तपाईको प्रतिक्रिया