Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सोलुखुम्बु– लोत्से हिमाल आरोहण गरी फर्कने क्रममा हिउँ पहिरोमा परेर दुई कोरियाली नागरिकको मृत्यु भएको छ ।
शुक्रबार साँझ साढे ६ बजे उनीहरूको मृत्यु भए पनि शनिबार मात्रै त्यसको पुष्टी भएको नाम्चे इलाका प्रहरी कार्यालयले जनाएको छ । खराब मौसमका कारण मृतकको उद्धारमा ढिला भएको प्रहरीले बताएको छ ।
प्रतिकूल मौसमका बाबजुद पनि शनिबार साढे १ बजे मात्र शव लुक्लामा ल्याएर पोष्टमार्टमका लागि काठमाडौंको टिचिङ हस्पिटल लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार खड्काले जनाए ।
क्याविन प्रोफेसनल ट्रेकिङबाट सो आरोहण दलमा गएका मृतक कोरियन नागरिकको नाम थाहा हुन नसकेको डीएसपी खड्काले बताए ।
तपाईको प्रतिक्रिया