Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

 काठमाडौं प्रधानमन्त्री बाबुराम भट्टराईले डलरको खेती गर्नेले सभासद् बालकृष्ण ढुंगेलको मुद्धा चर्काएको आरोप लगाएका छन् ।
माल्दिभ्सको अड्डु टापुमा शुक्रबार सकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १७औं शिखर सम्मेलनपछि शनिबार राति फर्किएका प्रधानमन्त्री भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यस्तो आरोप लगाएका हुन् ।
‘यस्ता कुराहरु चर्काएर डलरको खेती गर्ने एउटा समूह छ, उनीहरुले नै यस्तो कुरा उठाएका हुन्, जिम्मेवार राजनीतिक दलले यस्तो काम गर्न मिल्दैन,’ उनले भने । उनले ढुंगेलको मुध्दा फिर्ता नलिने बताए ।
प्रधानमन्त्रीले सार्क सम्मेलन क्षेत्रीय सम्बन्ध विस्तार र विकासका लागि महत्त्वपूर्ण भएको भएको दाबी गरे ।
११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री मङ्गलबार माल्दिभ्स गएका थिए । सम्मेलन शुक्रबार १० बुँदे अड्डु घोषणापत्र तथा चार सम्झौता गर्दै सम्पन्न भएको थियो । सम्मेलनले आगामी १८ औं शिखर सम्मेलन नेपालमा गर्ने निधो गरेको छ । ***
तपाईको प्रतिक्रिया