बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024
काठमाडौं- ब्रेन ह्याम्ब्रेज भएपछि अस्पताल भर्ना गरिएका अर्थविद् विश्वम्भर प्याकुरेलको अवस्था ‘अत्यन्त चिन्ताजनक’ रहेको अस्पतालले जनाएको छ ।
बिहान साढे ८ बजे घरमै लडेपछि नर्भिक अस्पताल भर्ना गरिएका उनको अवस्थाका सम्वन्धमा २४ घन्टा सम्म केही भन्न नसकिने चिकित्सकहरुले जनाएका छन् । उनको स्वास्थ् जाँच गर्न भारतबाट एक डाक्टर शनिबार राति ११ बजे काठमाडौं आएका प्याकुरेल श्रीमती ज्योतिले जानकारी दिनुभयो ।
प्याकुरेलको स्वास्थ्य डेढ वर्षदेखि हेर्दै आएका नर्भिकका डाक्टर जेपी जयसवालका अनुसार उनको ब्रेनमा रगत फैलिएको र व्लडप्रेसर बढेको छ । प्याकुरेलका आफ्ना सन्तान छैनन् ।
दोस्रो विवाह गरेकी ज्योतिका पहिलो पतितर्फका दुई छोरालाई नै प्याकुरेलले हुर्काएका थिए ।
तपाईको प्रतिक्रिया