Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – व्यवस्थापिका संसदमा अन्तरिम संविधान संशोधन प्रक्रिया सुरु भएको छ । व्यवस्थापिका संसदको शनिबारको बैठकमा अन्तरिम संविधानको ११ औं संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत गरेपछि संविधान संशोधनको प्रक्रिया सुरु भएको हो ।
बैठकमा कानून तथा न्याय मन्त्री वृजेश कुमार गुप्ताले विधेयकबारे विचार गरियोस भन्ने प्रस्ताव राख्नुभएको थियो । अब नियमित प्रक्रिया अनुसार कात्तिक ३० गते बस्ने बैठकबाट अन्तरिम संविधान संशोधन हुनेछ । संसद बैठक कात्तिक ३० गते ११ बजे बस्नेछ ।
राज्य पुनःसंरचनाका लागि आयोगको सट्टा विज्ञहरुको समिति गठनका संविधान संशोधन गर्न लागिएको हो । अब संविधानको धारा १ सय ३८ को उपधारा २ मा रहेको राज्य पुनःसंरचनाका लागि आयोग गठन गर्ने प्रावधान संशोधन गरेर संविधानसभाबाटै विज्ञहरुको समिति गठन गर्ने व्यवस्था गरिनेछ ।
 नियमित प्रक्रिया निलम्बन गरी शुक्रबार नै संविधान संशोधन गर्ने तयारी गरिएपनि माओवादीको वैद्य पक्षले नियमित प्रकृयाबाट नै संसोधन गर्नुपर्ने अडान लिएपछि अन्तरिम संविधान संशोधन हुन नसकेको हो ।
तपाईको प्रतिक्रिया