Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024
काठमाडौं – एकीकृत नेकपा माओवादी ओखलढुंगाले आफ्ना सभासद बालकृष्ण ढुंगेललाई आममाफी नदिए अरु पार्टीका नेता कार्यकर्ता विरुद्ध पनि मुद्दा हाल्ने चेतावनी दिएको छ । माओवादी ओखलढुंगा जिल्ला संगठन समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अरु पार्टीका नेता कार्यकर्ता विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको हो ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादी ओखलढुंगाका सेक्रेटरी राजकुमार कार्कीले उज्जन कुमार श्रेष्ठले जनयुद्ध र जनविरोधी काम गरेकाले श्रेष्ठलाई पार्टीले नै हत्या गरेको र शान्ति प्रक्रिया विरोधी तत्वले  अहिले षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।
 माओवादी किराँत राज्य समितिका सचिव एसके हिमालले पार्टीको शीर्ष नेतृत्वलाई फसाउने षडयन्त्र भैरहेको र मानवअधिकारवादीहरुले एकतर्फी रुपमा ढुंगेलको मुद्दालाई उचालेको आरोप लगाउनुभयो ।
तपाईको प्रतिक्रिया