Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– सभासद् बालकृष्ण ढुंगेलको सर्वस्वसहित कैदको फैसला मिनाहा गर्न सरकारले सिफारिस गरेपछि यसको बहस चर्को भएको छ ।
सत्तारुढ दल सरकारको सिफारिस पक्षमा र विपक्षी विपक्षमा बहस गरिरहेका छन् । संसदमा पनि यसैबारे बहस भयो, शुक्रबार । पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री देवी खड्काले भनिन्– ‘म स्वयंलाई प्रहरी हिरासतमा अस्मिता लुटिएको छ । अस्मिता लुटिएको प्रमाण डा. भोला रिजालले दिनुभएको छ । मेरो इज्जत लुटिएकोमा त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्रीलाई किटानी जाहेरी दिउँ ?’
उनले द्वन्द्वकालमा भएका घटनालाई उचालेर सहमतीय राजनीति भाँड्न नहुने तर्क गर्दै यस्तो भनिरहँदा संसदमा फरक माहौल देखियो । उनले आफूले एक वर्षसम्म यस्ता कुरा नबोलेको तर बोल्न बाध्य बनाइएको बताइन् ।
तपाईको प्रतिक्रिया