Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
अड्डु ( माल्दिभ्स )– भारतीय प्रधानमन्त्री डा. मनमोहन सिह नेपाल भ्रमणमा आउन सहमत हुनु भएको छ । शुक्रबार माल्दिभ्सको अड्डु एटोन नगरमा रहेको होटल साग्रिला रिसोर्टमा भएको भेटवार्तामा नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराईको निम्तोमा भारतीय प्रधानमन्त्री सिह नेपाल भ्रमणमा आउन तयार हुनु भएको हो । त्यसको लागि उपयूक्त समय तोकेर भ्रमणको गृहकार्य तत्काल थाल्न समेत दुई प्रधानमन्त्री वीच सहमति भएको छ ।
करिब आधाघण्टा भएको भेटवार्तामा आफूले नेपालमा जारी शान्ति शान्ति प्रक्रिया समयमै टुङ्गिने र मंसिर १४ अघिनै संविधान निर्माणका विषयमा दलहरुवीच महत्वपूर्ण सहमति बन्नेमा भारतीय प्रधानमन्त्रीलाई आश्वास्त पारेको जानकारी दिनुभयो । उहाँले सात बुँदे सहमतिले लडाकुको समायोजन र पुर्नस्थापनाको विवादलाई टुङ्गयाएर समायोजन र पुर्नस्थापनको काम प्रारम्भ भईसकेको समेत जानकारी दिएको बताउनुभयो ।
भेटवार्तामा नेपालमा भारतीय लागानी बढाउने र दोहोरो कर हटाउने सम्बन्धी सम्झौता गर्न भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले छिटै नेपालको भ्रमण गर्ने विषयमा भारतीय पक्ष सहमति भएको छ । त्यसैगरी प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भएको सहमति कार्यान्वयन र सीमा समस्या समाधानकोलागी पहल अगाडि बढाउने विषयमा पनि दुई प्रधानमन्त्री वीच सहमति भएको पत्रकार ऋषि धमलाले जानकारी दिए ।
त्यसैगरी भारतीय प्रधानमन्त्री डा. सिंहले नेपालका राजनीतिक दलहरुवीच भएको सात बुँदे सम्झौताको स्वागत गर्दै शान्ति प्रक्रिया अगाडि बढाएकोमा नेपालमा प्रधानमन्त्रीलाई बधाई र सफलताको सुभकामान समेत दिनु भएको थियो । भेटवार्ता पछि अहिले सार्क राष्ट्रका राष्ट्रप्रमुखहरुवीच हुने अनौपचारिक कुराकानीको कार्यक्रम रिट्रिट सुरु भएको छ ।
तपाईको प्रतिक्रिया