Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल पार्टी कार्यालय बल्खुमा आफ्नै पार्टीका सभासदबाट घेरिए । विषय थियो, पार्टीलाई दिने लेबी घटाउनुपर्‍यो भन्ने ।
माओवादीलेसमेत १० हजारबाट घटाएर लेबी ३ हजार पुर्‍याएकाबेला एमालेले भने ३ हजारबाट बढाएर ९ हजार पुर्‍याएपछि एमाले सभासद्हरुले अध्यक्ष खनाल र पार्टी सचिव युवराज ज्ञवालीलाई घेराउ गर्दै ज्ञापन पत्र बुझाए ।
खनालले आगामी केन्द्रीय कमिटी बैठकबाट लेबी घटाउने आश्वासन दिए । सभासद्को तलव सवै गरेर ६४ हजार भए पनि पार्टी, जिल्ला, ईलाका, क्षेत्रिय कमिटी, निर्वाचन क्षेत्रका क्लव र संघ संस्थालाई दिँदा राजधानीमा टिक्न गाह्रो भएको भन्दै सभासद्ले आपत्ति जनाएका थिए ।
तपाईको प्रतिक्रिया