Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024
अड्डु (माल्दिभ्स)– माल्दिभ्सको अड्डु एडोन सहरमा बिहीबारदेखि जारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १७ औ शिखर सम्मेलन शुक्रबार सकिँदैछ ।
सम्मेलन अड्डु घोषणापत्र जारी गरी सकिने सार्क सचिवालयले जनाएको छ । सम्मेलनले आगामी शिखर सम्मेलन नेपालमा गर्ने मिति पनि तय गर्नेछ ।
यसैबीच अड्डुमा आयोजित विशेष समारोहका वीच भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्लेले सम्मेलनको उदघाटन गर्नु भएको हो । सार्कको अध्यक्ष राष्ट्रको नाताले थिन्लेले सम्मेलनको उदघाटन गर्नु भएको हो । उदघाटनपछि सम्मेलनको अध्यक्षता माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिदलाई हस्तान्तरण गर्नु भएको थियो ।
समारोहमा बोल्दै माल्दिभ्सका राष्ट्रपति नासिदले सम्मेलनले सार्क सदस्य राष्ट्रवीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै जनस्तरमा समेत यसले दह्रिलो सम्बन्ध स्थापना गर्ने विश्वास ब्यक्त गर्नु भयो ।
सम्मेलनले विपत्ति ब्यवस्थापन, जलबायू परिवर्तन, असल शासन र सुरक्षाको विषयमा महत्वपुर्ण उपलब्धि हासिल गर्ने ब्यवस्था गर्नु भयो । आगामि जुलाईमा माल्दिभ्समै हुने विदेश मन्त्रीहरुको बैठकले रेलमार्ग विस्तार र साफ्टा विषयमा सम्झौता गर्ने भन्दै त्यसले सार्कको आर्थिक विकास र ब्यापारलाई सहज बनाउने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले सम्मेलनले प्रजातान्त्रिक सार्कको अवधारणालाई सुनिश्चित गर्ने भन्दै सार्क क्षेत्रको प्रमुख समस्याको रुपमा रहेको लैङ्गिग विभेद अन्त्यमा सकारात्मक छलफल गर्ने बताउनुभयो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १७ औ शिखर सम्मेलनमा सहभागी हुन माले आई पुगेका सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरुलाई माल्दिभ्सका  राष्ट्रपति मोहम्मद नासिदले  गान अन्र्तराष्ट्रिय एयरपोर्टमा स्वागत गर्नु भएको थियो ।
सार्कको शिखर सम्मेलनलाई मध्यनजर गरेर अड्डुको सुरक्षा ब्यवस्था एकदमै कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानमन्त्रीद्वारा सहमति कार्यान्वयनमा जोड
प्रधानमन्त्री डा बाबुराम भट्टराईले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन सार्कका शिखर सम्मेलनले पारित गरेका सहमतिहरु कार्यान्वनमा जोड दिनु भएको छ ।
माल्दिम्सको अड्डु एटोन नगरमा आजबाट सुरु भएको १७ औ सार्क शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सार्क क्षेत्रको प्रमुख समस्याको रुपमा रहेको गरिबी निवारणकोलागी सामूहिक शसक्त रणनीति र एक्यबद्धताको आवश्यकता औल्याउनु भयो ।
उहाँले सार्क क्षेत्रको विकासको लागि आर्थिक विकासमा जोड दिदै साफ्टा कार्यान्वयन गर्दै प्रतिबन्ध बस्तुको सुचिमा रहेको संख्यालाई घटाउँदै लैजानु पर्ने बताउनुभयो । त्यस्तै उहाँले सार्क मुलुकवीचको ब्यापार र सम्बन्धलाई विस्तार गर्न सार्कवीच यातायातलाई विशेष जोड दिनु पर्ने भन्दै पछिल्लो समयमा देखिएको मौसम परिवर्तनको चुनौतीलाई सामूहिक चुनौतिको रुपमा लिनु पर्ने बताउनुभयो ।
उहाँले , हिमालयमा हिउ पग्लीने क्रम चिन्ताको विषय भएको भन्दै सामूहिक समाधानको लागी आब्हान गर्नुभयो ।  उहाँले महिला र विपन्नताको समस्यालाई समाधान गर्न सार्क लाग्नु पर्ने भन्दै  कृषि र घरेलु उद्योगलाई प्रोत्साहन गर्न सके गरिवीको अन्त्य गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।
स्थापनाको २६ वर्ष भएपनि कार्यान्वयनमा चुनौति भएको भन्दै यसलाई समाधान गरेर अगाडि बढ्नु पर्ने तर्क उहाँको थियो । उहाँले सार्कलाई प्रगति र स्वतन्त्रतको अगाडि बढाउनु पर्ने भन्दै बेरोजगार अन्त्य, मौसम परिवर्तन, चेलिबेटी बेचविखन, आतंकबाद, साफ्टाको कार्यान्वयनलाई मुल विषयको रुपमा अगाडि बढाउनु पर्ने भन्दै नेपाल समुन्नत राष्ट्रबन्ने प्रयासमा रहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री भट्टराईले सम्मेलनमा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा भईरहेको कार्यको बारेमा पनि जानकारी गराउनु भएको थियो । उहाँले दलहरुवीच हालै भएको ७ बुँदे सहमतिले सेना समायोजन र पुर्नस्थापनाको मुद्दालाई टुङ्गयाएको भन्दै यसलाई टुङ्गयाएसँगै नेपाल शान्ति र प्रजातन्त्रको बाटोमा अगाडि बढ्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया