Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
गोरखा- प्रधान मन्त्रीको अनुपस्थितिमा उनको कार्यभारसमेत सम्हालिरहेका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले हत्यारा ठहर गरिएका सभासद बालकृष्ण ढुङ्गेलको पक्षमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्ने अथवा नगर्ने भन्ने कुरा राष्ट्रपतिमा निहित रहने बताएका छन्।
गोरखाको मनकामना मन्दिरमा आज पूजाअर्चनापछि पत्रकारहरुसँगको भेटमा उनले सो कुरा बताएका हुन्।
उनले देशभरिका प्रहरी निरीक्षकको एक हप्ताभित्र नियमअनुसार सरुवा गरिने पनि जानकारी दिए।
गृहमन्त्री गच्छदारले केवलकारबाट आउन नसक्ने तीर्थयात्रीका लाग बसबाट आउने व्यवस्था मिलाउन मनकामनाको मोटरबाटोलाई व्यवस्थित गरिने जानकारी दिए।
उनले मन्त्रिमण्डल विस्तार गर्नु नियमसङ्गत र राज्यको आवश्यकता भएकाले त्यसबारे विरोध गर्नुको औचित्य नरहेको प्रष्ट पारे।
तपाईको प्रतिक्रिया