Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान बनाउने नाममा काँग्रेसले लोकतन्त्रलाई तिलाञ्जली दिन नसक्ने बताउनु भएको छ ।
नवलपरासीमा बिहीबार पत्रकारसित कुरा गर्दै काँग्रेस नेता पौडेलले शान्ति प्रक्रियामा जस्तै नेपाली काँग्रेसले लोकतान्त्रिक मूल्य र मान्यता सहितको संविधान बनाउन अडान राख्ने बताउनुभयो ।
‘शान्ति प्रकृयामा जस्तै अब बन्ने संविधानमा पनि लोकतान्त्रिक मूल्य र मान्यताका लागि कांग्रेसले अडान राख्छ’, पौडेलले भन्नुभयो, ‘संविधान बनाउने भन्दैमा लोकतान्त्रिक मूल्य र मान्यतालाई तिलाञ्जली दिन सकिँदैन ।’ सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउने सहमति गर्ने र अर्कोतिर दण्डहीनतालाई प्रोत्साहन गर्ने गरी सरकारले काम गरे आयोग गठनको औचित्य नहुने पौडेलको भनाई छ ।
सरकारले एक्लौटी निर्णय गरेर मुद्दा फिर्ता गरे दण्डहिनता बढ्ने भन्दै पौडेलले त्यस्तो काम सरकारले गर्ने हो भने सहमति गर्नुको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो । बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार नबन्ने बताउँदै पौडेलले काँग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दावी गर्नुभयो ।
तपाईको प्रतिक्रिया