Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
धरान– सुनसरीको क्षेत्र नं. १ का सभासद् किरणकुमार राईलाई पत्नीशोक परेको छ ।
भाइटीकाको अघिल्लो दिन कात्तिक १० गते दुर्घटनामा परी गम्भीर घाइते उनकी श्रीमती गीता राई थेबेको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । मङ्गलबार राति नै चिकित्सकहरुले आशा त्यागिसकेका भए पनि बुधबार बिहान करिब ९ बजे उनलाई मृत घोषणा गरिएको हो ।
टाउकोमा गम्भीर चोट लागेकी थेबेको काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचार भइरहेको थियो । बिहीबार बिहान ९ बजे धरानस्थित श्याम चोकमा श्रद्धाञ्जली सभा गरी उनको अन्त्येष्टी गरिएको माओवादी धरान नगर कमिटी इञ्चार्ज चोत्लुङले जानकारी दिए ।
विद्यार्थी राजनीति हुँदै उनी २०५८ सालदेखि तत्कालीन नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । थेबे हाल एमाओवादीकी सुनसरी जिल्ला सल्लाहकार थिइन् ।
सशस्त्र द्वन्द्वकालमा २०५४ सालमा ३ र २०६० सालमा २ वर्ष गरी उनले झण्डै ५ वर्ष जेल जीवन बिताएकी थिइन् । दोस्रोपटक जेल पर्दा उनका छोरा १३ दिनका थिए । द्वन्द्वकालमा सभासद् राई र उनी सँगै युद्धमोर्चामा सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया