Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024
सुनसरी– सुनसरीको भरौलमा बिहीबार बिहान ट्रयाक्टर नहरमा खस्दा १८ जनाको मृत्यु भएको छ ।

भरौल २ स्थित झुम्का नहरमा ज १ त ४५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई नहरमा खस्दा १६ जना महिला र २ पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाबाट सुनसरीको बराह क्षेत्र जाँदै गरेको ट्रयाक्टर सुनसरी मोरङ सि“चाइ आयोजनाको मूल नहरमा बिहान ५ बजे पल्टेको थियो ।
ट्रयाक्टरको ट्रली चु“डिएर नहरमा पल्टिंदा ट्रलीले किचेर १७ जना र उपचारका क्रममा धरानमा १ जनाको मृत्यु भएको हो । मृतकहरु मध्ये १६ महिला र २ जना पुरुष छन् । मृतकहरु सबै धनुषाको तारापट्टी सिर्सिया- ४ का हुन् । उनीहरु सबै तिर्थाटनका लागि बराह क्षेत्र जाँदै थिए ।
दुर्घटनामा धर्मराज यादव, मन्तुरीया देवी यादव, पारो देवी यादव, रीतादेवी यादव, कुमरदेवी यादव, सुमिन्द्रा मुखिया, भुवनेश्वर यादवकी श्रीमती (नाम नखुलेको) र सुमित्रा यादव छन् ।
त्यस्तै अम्बिका कुमारी यादव, भूली देवी यादव, राजकुमार यादवकी श्रीमती (नाम नखुलेको), फुलकुमारी यादव, हरिचरण यादवकी श्रीमती (नाम नखुलेको), सुकदेव मुखीयाकी श्रीमती (नाम नखुलेको), कुमारी यादव र बिपो यादवी श्रीमती (नाम नखुलेको) को उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएकाको नाम आउन बाँकी रहेको छ । त्यहाँ थप ५ जना उपचारका लागि भर्ना भएका छन् । त्यस्तै इनरुवा अस्पतालमा १९ जनाको उपचार भइरहेको छ ।


तपाईको प्रतिक्रिया