Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
माल्दिभ्स- दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को १७औँ शिखर सम्मेलन आज बुधबारदेखि माल्दिभ्सको अड्डु टापुमार सुरु हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलन घोषणा पत्र जारी गर्दै सकिनेछ ।
सम्मेलनले नेपालमा हुने १८ औं शिख सम्मेलनको मिति तय गर्ने सार्क सचिवालयले जनाएको छ । यसैप्रधानमन्त्री प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । माल्दिभ्सको अड्डु सिटीमा हुने सम्मेलनमा सार्क राष्ट्रका आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ । सार्कमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, माल्दिभ्स र अफगानिस्तान आबद्ध छन् ।
‘विल्डिङ विजेज’ भन्ने नाराका साथ हुन गइरहेको सम्मेलनमा विगतका सम्मेलनमा भएका प्रतिबद्धता र सहमतिको कार्यान्वयनको विषयमा समीक्षा गर्ने कार्यक्रम छ । सम्मेलनमा क्षेत्रीय सिड बैङ्क स्थापना, औद्योगिक वस्तुहरूको क्षेत्रीय गुणस्तर चिह्न, डिजास्टर रेस्पेान्स मेकानिजम र सार्कको मूल्याङ्कनका लागि बहुपक्षीय व्यवस्था र क्षेत्रीय मानकको कार्यान्वयनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । सम्मेलनले २५ वर्षदेखि रोकिएको ‘हिन्द महासागर माल तथा यात्रुबाहक सेवा सञ्चालन’ प्रस्ताव अनुमोदन गरी पहिलो चरणको काम सुरु गर्ने निर्देशन दिइने बताइएको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रका कामु सचिव दुर्गा भट्टराई, सहसचिव भरतराज पौडेल, उपसचिव प्रकाशमणि पौडेल, शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, परराष्ट्रका अधिकृत मोदिता बज्राचार्य, प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डे, परराष्ट्रमन्त्रीका स्वकीय सचिव सुसन कर्माचार्य र दुई सुरक्षाकर्मी छन् ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले, पाकिस्तानी प्रधानमन्त्री युसाफ राजा लिगानीलगायतसँग भट्टराईको भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया