काठमाडौं- महानायक राजेश हमालले आफ्नो कुनै श्रीमती नभएको बयान दिनु भएको छ । बुधबार महानगरिय प्रहरी परिसर हुनमानढोकामा पुगेर महानायक हमालले आफूलाई श्रीमान भनेर उजुरी दिने महिलासँग चिनाजान समेत नभएको बयान दिनु भएको हो ।
बुधबार बिहान हनुमान ढोका परिसरमा भएको दुइ पक्ष छलफलमा बालकुमारीका भाई ढाकाराम अधिकारीले दीदी मानसिक रोगी भएको र उहाँबाट महानायक प्रति लागेको आक्षेप गलत भएको भन्दै मिडिया सामू माफी समेत मागेका थिए । उनी दीदी बालकुमारीलाई डाक्टरले मानसिक रोगी भनी प्रमाणित गरेको पुर्जी सहित हनुमानढोकामा उपस्थित भएका थिए ।
‘ति महिलालाई म चिन्दिन र कुनै सम्बन्ध पनि छैन’, नायक हमालले भन्नुभयो, ‘किन उजुरी दिइन मलाई थाहा नै छैन ।’ नायक हमालले आफू माथि लगाइएका आरोप झुटा भएको बताएको महानगरिय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
उनका भाई ढाकारामका अनुसार उनको दिदीको विवाह हाल मुस्ताङमा कार्यरत असही कृष्ण बहादुर रानासंग भएको र उनीबाटै तीन छोरीहरू भएको जानकारी पनि दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत हवल्दार बालकुमारी अधिकारीले राजेश हमाल आफ्नो श्रीमान भएको र तीन वटा बच्चा समेत रहेको भन्दै नाता कायम गराइपाउँ भनि प्रहरीमा उजुरी दिनु भएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, कार्तिक २३, २०६८
प्रकाशित समय: १२:५५:०४