Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर २३, २०८१
Sunday, December 8, 2024
विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख दलहरुबीच भएको सात बुँदे सहमति शान्तिपूर्ण तरिकाले उग्रवामपन्थीलाई सत्ता हस्तान्तरण गर्ने दस्तावेज भएको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै थापाले सात बुँदे सहमति अवरोध पन्छाउने भन्दा विदेशी शक्ति भारत र उग्रबामपन्थी माओवादीको योजना अनुरुप भएको आरोप लगाउनु भयो ।
दलहरुबीच भएको सो सहमति तरवार र घिऊ बेचुवा बीचको स्वार्थको किनबेच जस्तो भएको दावी गर्दै थापाले सहमति कार्यान्वयन नहुने ठोकुवा गर्नुभयो । अहिलेको सात बुदे सहमति कार्यान्वयन भए मुलुकमा जटिल स्थिति पैदा हुने थापाले दावी समेत गर्नुभयो ।
उहाँले आगामी मंसीर १४ गतेभित्रमा संविधानको मस्यौदा नआई अष्पष्ट, अमूर्त र अपुरो राजनीतिक दस्तावेज आउने उल्लेख गर्नुभयो । संविधानसभाको औचित्य सकिसकेको समयमा सात बुँदे सहमति गरेर षड्यन्त्रपूर्वक म्याद थप गरेर ब्रम्हलुट मच्चाउने योजना अनुरुप दलहरुले सहमति गरेको थापाले आरोप लगाउनु भयो ।
तपाईको प्रतिक्रिया