Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
काठमाडौं- सिंहदरबारभित्र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको  कोठा नम्बर १ सय १३ मा दिउँसै तयहाँका कर्मचारी तास खेलिरहेका हुन्छन् ।
मंगलबार दिउँसो कार्यालय समयमै १२ जना कर्मचारी कोही भुइँमा बसेर तास खेल्दै त कोही चुरोटको धुँवा उडाउँदै गरेका भेटिए।
‘शान्ति मन्त्रालयको यो कोठामा कर्मचारी सधैं तास खेल्छन्,’ एक व्यक्तिले भने-‘एक महिनादेखि नियमित तास खेलेको देखेको छु। दिउँसै तास खेल्ने कस्तो मन्त्रालय ?’
मन्त्रालयको शिविर व्यवस्थापन कार्यालयका अधिकृत विष्णुहरि वाग्लेले भने १ सय १३ नम्बर कोठा फुर्सदको समयमा कर्मचारी आराम गर्ने प्रतीक्षालय कक्ष भएको बताए।
‘त्यो कोठामा टेलिभिजन राखिएको छ, फुर्सदको समयमा टेलिभिजन हेर्न नेपाल कानुन आयोग, मन्त्रालयका कर्मचारी पनि आउँछन्,’ उनले भने, ‘दिउँसो कोठा बन्द हुन्छ, त्यहाँ बसेर तास खेल्छन् कि टिभी हेर्छन्, थाहा भएन।’
महानगरीय प्रहरी परिसरका प्रवक्ता धीरजप्रताप सिंहका अनुसार मन्त्रालयभित्रै तास खेल्दै गरेको अवस्थामा पक्राउ परेमा तिनीहरुमाथि ६ सय रुपैयाँ जरिवाना वा तीन महिना कैद सजाय गर्ने कानुनी प्रावधान छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया