
चितवन- मुग्लिन-नारायणघाट सडक खण्डको मुग्लिन नजिकै मंगलबार राति ट्रक त्रिशुली नदीमा खस्दा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बेपत्ता छन् भने अरु दुई जना घाइते भएका छन् ।
भैंसी लिएर काठमाडौंका लागि छुटेको ना २ ख ६९७१ नम्बरको ट्रक मंगलबार राती दुई बजेतिर मुग्लिन-नारायणघाट सडक खण्डको दारेचोक ४ बाट त्रिशुली नदीमा खसेको हो ।
दुर्घटनामा धादिङ मलेखुका पूर्ण श्रेष्ठ र भारतीय नागरिक मिराज खानको घटनास्थलमै र धनुषा महेन्द्रनगरका उमेश्वर यादवको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नवलपरासी दाउन्ने-५ का हिरे बिक बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते चितवनको कठार-९ का सन्तोष सुनार र नवलपरासीको दाउन्ने ५ का जिवन विकको भरतपुरमा उपचार भइरहेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, कार्तिक २३, २०६८
प्रकाशित समय: ६:३९:३२