Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ आगामी डिसेम्बर २०  (पुस ५ गते) नेपालको तीन दिने भ्रमणमा आउने भएको छ ।
नेपाल भ्रमण गरी मंगलबार स्वदेश फर्किएको चिनियाँ प्रतिनिधिमण्डलका सदस्य एवं बेइजिङका मेयर लुई क्यूले भ्रमण कार्यक्रमलाई अन्तिम रुप दिएको उच्च सरकारी स्रोतको दाबी छ । औपचारिक निमन्त्रणा पत्रमा मंगलबार सार्क सम्मेलनमा जानुअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।
जियाबाओले सन् २०१२ मा मात्रै नेपाल भ्रमण गर्ने भनिए पनि त्यसबेला मुलुक आम चुनावमा रहने भएकाले छिट्टै भ्रमण मिलाइएको स्रोतको दाबी छ । सन् २००१ यता नेपाल भ्रमण गर्ने भारत र चीनका अधिकारीमध्ये जियाबाओ सवैभन्दा उच्च हुन् ।
यसअघि सन् २००१ मा तत्कालिन चिनियाँ प्रधानमन्त्री झु रोङजी नेपाल आएका थिए । त्यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिन नेपाल आएका थिए ।
तपाईको प्रतिक्रिया