Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

इस्लामावाद – अन्तराष्ट्रिय आतंकारी सञ्जाल अलकायदाका प्रमुख ओसामा विन लादेनलाई लक्षित गरी एओटावादमा गरिएको सैन्य कारबाही सुरु भएको डेढ मिनेटमै लादेन मारिएको दाबी गरिएको छ ।

बिन लादेनको मृत्यु विवरणबारे एक पुस्तक प्रकाशित हुँदैछ । उक्त पुस्तकमा बिन लादेन जुन परिसरमा थिए, त्यहाँ कारबाही सुरु भएको ९० सेकेन्डमै उनी मारिएको दाबी गरिएको हो ।

किताबका लेखक चक फेरर बिन लादेनविरुद्ध सैन्य कारबाही गर्ने अमेरिकी नेभी सिल्स टिम सिक्सका पुर्वअधिकारी हुन् । उनले यस सैन्य कारबाहीमा संलग्न कयौं मानिसको अन्तर्वाता लिएर पुस्तक तयार पारेको दाबी गरेका छन् ।

बेलायतको अंग्रेजी पत्रिका द टेलिग्राफमा चेक फेररको उक्त पुस्तकबारे छापिएको छ । द टेलिग्राफका अनुसार अमेरिकी अधिकारीले पुस्तकमा गरिएका दाबी गलत भएको बताउँदै आएका छन् । द टेलिग्राफका अनुसार चक फेररले भनेका छन्-‘कारबाही सुरु भएको ९० सेकेन्डभित्रै ओसामा बिन लादेन मारिएका थिए । कुनै लामो मुठभेड भएको होइन । लादेनमाथि चार राउन्ड गोली चलाइएको थियो ।’

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया