Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- सरकार निर्माण भएको करिव तीन महिनासम्म अपूर्ण मन्त्रिमण्डल मंगलबार पनि विस्तार भएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूपक्षीय र साना दललाई सहभागी गराएर सरकार विस्तार गरेका हुन् ।
उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षधर सरकारमा सहभागी नहुने भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । विस्तारित मन्त्रिपरिषद् ३७ सदस्यीय हुँदैछ ।
प्रधानमन्त्री डा. भट्टराईले यसअघि भदौ १२, भदौ १८, भदौ २९, असोज १ र कात्तिक २ गते मन्त्रिमण्डल पुर्नगठन तथा हेरफेर गरेका थिए ।
विस्तारित मन्त्रिमण्डलमा माओवादीका तर्फबाट सहभागी हुनेहरु
दीनानाथ शर्मा, शिक्षा
लोकेन्द्र विष्ट मगर, पर्यटन तथा नागरिक उड्डयन
भीमप्रसाद गौतम, भूमिसुधार
कल्पना धमला, विज्ञान तथा प्रविधि
सत्या पहाडी, शान्ति तथा पुर्ननिर्माण
रामकुमार यादव, सामान्य प्रशासन
साना दलका तर्फबाट सहभागी हुने
सरिता गिरी, श्रम तथा यातायात व्यवस्था
राज्यमन्त्रीहरु
सुनिता महतो
गोपीबहादुर सार्की अछामी
घनश्याम यादव
लीला भण्डारी
ज्वाला शाह
विष्णुप्रसाद चौधरी
सुष्मा शर्मा
हरिराज खेवा लिम्बू
सूर्यमान दोङ
दीलिप महर्जन
सरकार विस्तार भएपछि पनि रक्षामन्त्रीमा कसैलाई नयाँ जिम्मेवारी दिइएको छैन । पूर्व रक्षामन्त्री शरतसिंह भण्डारीले राजीनामा दिएपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले नयाँ मन्त्री सिफारिस गरेको छैन ।
तपाईको प्रतिक्रिया