Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- सोमबार मौसममा केही सुधार आएकाले लुक्लामा अलपत्र परेका करिब १२ सय पर्यटकको उद्धार गरिएको छ भने काठमाडौँबाट पनि तीन सयजति पर्यटक लुक्ला गएका छन् ।
तारा एयर, अग्नि एयर, सीता एयर, नेपाल वायुसेवा निगमले सोमबार लुक्लाबाट धेरै सङ्ख्यामा पर्यटकको उद्धार गरेका हुन् । यसका अतिरिक्त फिस्टेल एयर, सिम्रिक एयर, माउन्टेन एयर, एयर डाइनेस्टीको हेलिकोप्टरले पनि लुक्ला र सुर्केबाट पर्यटकको उद्धार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
सोमबार अपराहृनसम्म लुक्लामा ५२ उडान भएको छ । निजी क्षेत्रका हेलिकोप्टरले २२ पटक र नेपाली सेनाले दुई पटक उडान गरेका छन् । सोमबार तारा एयरले २९, अग्निले १५, सीताले छ र नेपाल वायुसेवा निगमले छवटा उडान गरिसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल कार्यालय प्रमुख पूर्ण चुडालले बताउनुभयो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव हरि बस्यालले सोमबार मौसम अनुकूल भएकाले पर्यटकको उद्धार सहज भएको बताउनुभयो ।
सहसचिव बस्यालले अहिले काठमाडौँबाट जाने पर्यटकको सङ्ख्या पनि तीन सयको हाराहारीमा रहेको जनाउँदै भोलिसम्म सबै पर्यटकको उद्धार भइसक्ने बताउनुभयो ।
उता लुक्लामा अलपत्र परेका पाँचजना पर्यटकलाई काठमाडौँ ल्याउने क्रममा फिस्टेल एयरको हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि दोलखाको चरीकोटमा अवतरण गरेको छ ।
तपाईको प्रतिक्रिया